म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु  

म्याग्दी। मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।

उक्त स्थानमा पहिरो आई दुई वटा घरहरु बगाएको थियो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);