काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ग्लोबल कन्जुमर एक्स्पो सञ्चालन भइरहेको छ । इभेन्ट सोलुसन प्रा.लि.को आयोजनामा शुक्रवारदेखि एक्स्पो सञ्चालनमा आएको हो । असार २ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एकै स्थानबाट परिवार तथा उपभोक्ताले दैनिक आवश्यकताका विभिन्न सामग्री खरिद गर्न सक्नेछन् । लुगादेखि खाद्यान्नसम्मका सामग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मिनी भाटभटेनीको अवधारणामा एक्स्पो सञ्चालन गरिएको इभेन्ट सोलुसन प्रा.लि.का मार्केटिङ डिरेक्टर नवीन भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार एक्स्पोलाई किनमेलसँगै पारिवारिक मनोरञ्जनको केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिएको छ ।
बालबालिकाका लागि खेल क्षेत्र, फुड कोर्ट, फेस पेन्टिङ तथा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिको व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार यस वर्ष एक्स्पोमा नयाँ व्यवसायी तथा उद्यमीले पनि सहभागिता जनाएका छन् । एक्स्पोमा नेपालका उत्पादनलाई प्राथमिकता दिइएको उहाँले बताउनु भयो । उहाँकाअनुसार अधिकांश स्टल ‘मेड इन नेपाल’ उत्पादनका रहेका छन् । साथै चीन, भारत, बंगलादेश र मलेसियाका उत्पादनसमेत प्रदर्शनीमा समावेश गरिएको छ ।आयोजकले उपभोक्ताको सहभागिता बढाउन एक्स्पोमा प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवधिभर आगन्तुकले किनमेलसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधिको समेत अनुभव लिन सक्नेछन् । नेपाल




