फागुनको दोस्रो साता ‘नेपाल चेम्बर एक्स्पो’ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

फागुनको दोस्रो साता ‘नेपाल चेम्बर एक्स्पो’ हुने

काठमाडौं, १९ असार । निर्यात प्रवर्द्धन तथा वैदेशिक लगानीलाई भित्र्याउने मुख्य उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्सले आगामी फागुनको दोस्रो साता ‘नेपाल चेम्बर एक्स्पो’ आयोजना गर्ने भएको छ ।

नेपाल चेम्बर अफ कमर्शले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी फागुनको १३ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

यस वर्ष भने एक्स्पोमा उपभोक्ता हितसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई पनि समावेश गर्ने तयारी गरिएको नेपाल चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

एक्स्पोमा २ सय ५० वटा भन्दा बढि स्टलहरु रहने र त्यसमा ९० वटाजति स्टलहरुमा अन्तराष्ट्रिय कम्पनीहरु सहभागी हुनेछन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ५ दिनसम्म चल्ने एक्स्पोमा भारत, चीन, जापान, फ्रान्सलगायत मुलुकहरु सहभागी हुने पनि नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।