झापाका अधिकांस खेतमा रोपाई हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

झापाका अधिकांस खेतमा रोपाई हुन सकेन

झापा, १९ असार । सिँचाइको अभावमा झापाका अधिकांश खेतीयोग्य जमिनमा रोपाई हुन सकेको छैन । धान रोप्न आकाशे पानीको भर पर्नुपर्ने र खेतमा सिँचाई सुबिधा नहुँदा असारको तेस्रो साता बितिसक्दा पनि रोपाई हुन नसकेको हो ।

असार पहिलो साताबाट साउनको पहिलो सातासम्ममा रोपाई सकिसक्नु पर्ने भए पनि अन्नको भण्डारका रुपमा परिचित झापाका अधिकांश खेत हालसम्म बाँझै छन् । मनसुन सक्रिय नभएका कारण सिँचाई अभावमा खेत बाँझै भएको हो ।

झापामा लगभग ९० हजार हेक्टरमा धान खेती हुने गर्दछ । तर लगभग ४० प्रतिशत जमिनमा मात्रै सिँचाई सुबिधा उपलब्ध भएकाले बाँकी जमीनमा रोपाँइका लागि आकाशे पानी कै भर पर्नुपर्ने बाध्यता रहेको छ । धान रोपी सक्नुपर्ने खेतमा अहिलेसम्म आलि लगाउन नसकिएको र पानी अभावमा जमिन धाँजा परेको कृषकको भनाई छ । यसका कारण बीऊ ब्याडमै बुडिने र उत्पादनमा ह्रास आउने भन्दै कृषक चिन्तित बनेका छन् ।

त्यस्तै हालसम्म २२ प्रतिशत रोपाई मात्र सकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । गत वर्ष असारको तेस्रो सातसम्ममा ३५ प्रतिशत रोपाई सकिएको भएपनि यसपालि गत सालको तुलनामा रोपाई नभएको केन्द्रको भनाई छ ।

झापामा ९० हजार हेक्टर जमिनमा धान खेती हुनेमा गत वर्ष ८७ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाई भएको थियो । यसपाली समयमै वर्षा नहुँदा झापामा धान उत्पादन घट्ने दखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);