सिंचाइको अभाव र समयमा पानी नपर्दा धान खेती प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सिंचाइको अभाव र समयमा पानी नपर्दा धान खेती प्रभावित

ropai

काठमाडौं, १५ असार । असारको महिना मानो रोपेर मुरी उब्जाउने समय हो । तर अधिकांश क्षेत्रमा सिंचाइको अभाव र पानी नपरेकाले धान रोपाइँ हुन सकेको छैन । चितवनमा ११ प्रतिशत, पाल्पामा १३ प्रतिशत, कालिकोट र कञ्चनपुरमा ५० प्रतिशत रोपाइँ भएको छ । समयमा पानी नपर्दा उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका छन् ।

आधा असार सकिदा पनि पाल्पामा धान रोपाइँ सुरु भएको छैन । यतिबेला धान रोपाइँ सकिनु पर्ने हो । तर सिंचाइँको सुविधा नभएको र पानी नपरेकाले रोपाइँ हुन सकेको छैन । खेत बाँझै भएपछि कृषकहरु निराश भएका छन् ।

पाल्पामा ८ हजार ७ सय ५० हेकटर क्षेत्रफलमा धान खेती हुदै आएको छ । हालसम्म १३ प्रतिशत मात्र रोपाइ भएको छ । धान रोपाइँ ढिला भएपछि यो बर्ष उत्पादन घट्ने भएको छ ।

त्यस्तै चितवनमा११ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भएको छ । गत वर्ष यस अवधिमा ३५ प्रतिशत क्षेत्रमा रोपाइ भएको थियो । चितवन धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । पानी नपरेका कारण र बिऊ राख्ने समयमा खडेरी परेकाले चितवनमा धान रोपाइ ढिलाइ भएको हो ।

गत बर्ष चितवनमा २९ हजार हेक्टरमा रोपाई भई १ लाख मेट्रिक टन उत्पादन भएकोमा यो बर्ष २८ हजार ६ सय हेक्टरमा मात्रै खेती हुने अनुमान गरिएको छ । चितवनमा ७० प्रतिशत जमिनमा सिंचाई सुविधा र ३० प्रतिशत आकाशे पानिको भर पर्नुपर्ने अवस्था छ ।

उता कालिकोटमा भने ५० प्रतिशत रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । कालिकोटको कुल खेतीयोग्य जमिनमध्ये ९० प्रतिशतमा सिंचाइ सुविधा पुगेको छैन । कुल १७ हजार ९ सय ८४ हेक्टर खेती योग्य जमिनमध्ये २ हजार ५ सय ९ हेक्टर जमिनमा मात्र सिंचाइ सुविधा पुगेको छ । १५ हजार ४ सय ७५ हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ नहुँदा बसैनि बाँझै बस्ने गरेको छ ।

त्यस्तै कञ्चनपुरमा५० प्रतिसत धान रोपाइँ भएको छ । कुल खेतीयोग्य जमिनको ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा असार १५ सम्म ५० प्रतिसत धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ । कृषकहरुले सिंचाइको दीर्घकालीन योजना बनाएर बाँझो रहेको जमिनमा पनि खेती गर्ने वातवरण बनाउन सरकारसँग माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);