बाजुरामा हाते ट्याक्टरबाट धान रोपिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाजुरामा हाते ट्याक्टरबाट धान रोपिदै

tracktor

मदन विश्वकर्मा
बाजुरा, ११ असार
। बाजुरामा हाते ट्याक्टरबाट धान रोपाइँ सुरु गरिएको छ । मुख्य बालीका रुपमा रहेको धान रोप्न यतिबेला कृषक व्यस्त छन् । तर सिंचाइको अभावमा बाजुरामा १० प्रतिशत मात्र रोपाइँ भएको छ । खेतियोग्य जमिन बाँझै हुँदा बाजुरामा बर्सैनि खाद्यन्नको अभाव हुने गरेको छ ।

बाजुरका कृषक यतिबेला धान रोपाइँमा व्यस्त छन् । मानो रोपेर मुरी फलाउने भन्दै खेतमा असारे भाका गुञ्जिन थालेको छ । बाजुराको मार्तडी, जुगाडा, रजाली,आटिचौर, ब्रह्मतोला, बाह्रविस, तोली, कैलाशमाण्डौ, कोल्टी पाण्डुसेन लगायतका ठाउँमा धान रोपाई सुरु गरिएको छ ।

कृषकले यो पटक हाते ट्याक्टरबाट धान रोपाइँ गरेका छन् । कृषि विकास कार्यालयले ट्याक्टर उपलब्ध गराएपछि कृषकलाई धान रोपाइँ गर्न सहज भएको छ । तर सिंचाइको सुविधा नहुँदा र पानी नपर्दा धान रोप्न समस्या भएको कृषकको गुनासो छ ।

२ लाख १८ हजार ८ सय हेक्टर क्षेत्रफल रहेको बाजुरामा खेतीयोग्य जमिन ११ प्रतिशत मात्र छ । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा छ । बाजुरामा ३३ सय हेक्टरमा धान रोप्ने गरिएको छ । सिंचाइको अभावमा यो बर्ष १० प्रशित मात्र रोपाइँ भएको छ । सिंचाइको सुविधा नहुँदा बाजुरमा बर्सेनि खाद्यन्न अभाव हुने गरेको छ ।

बाजुरामा बर्सेनि ११ हजार मेट्रीक टन खाद्यन्नको अभाव हुने गरेको छ । सिंचाइको व्यवस्था गर्ने हो भने बाँझो रहेको जमिनमा पनि मानो रोपेर मुरी फलाउन सकिने कृषकको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);