एसईई नतिजामा चरम लापर्बाही, विद्यार्थी आक्रोसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एसईई नतिजामा चरम लापर्बाही, विद्यार्थी आक्रोसित

see-panika

अप्सरा लामिछाने
काठमाडौं, ११ असार
। परिक्षा नियन्त्रण कार्यालय एसईईको नतिजा त्रुटीपूर्ण निकालेपछि विद्यार्थी आक्रोसित भएका छन् । शनिबार सार्वजनिक गरेको नतिजा र संसोशित नजितामा जिपिए फरक परेपछि विद्यार्थी आक्रोशित भएका हुन् ।

परिक्षा नियन्त्रण कार्यालयले गत चैत्रमा लिएको एसईई परिक्षाको गत शनिबार परिक्षाफल प्रकाशित गर्‍यो । तर, नतिजा त्रुटिपूर्ण भएको भन्दै कार्यालयले आइतबार पुनः संशोधित नतिजा सार्वजनिक गर्‍यो । अघिल्लो दिन र भोलिपल्ट सार्वजनिक गरेको परिक्षाफल फरक परेपछि विद्यार्थी अन्योलमा परे । अझ कतिपय विद्यालयको परिक्षाफल सार्वजनकिनै भएको छैन ।

परिक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण आफ्ना छोराछोरीको भविश्यमाथी नै प्रश्नचिन्ह खडा भएको अविभावकहरुको भनाइ छ । परिक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण विद्यार्थी मानसिक दवाबमा देखिन्छन ।

परिक्षा नियन्त्रण कार्यालयलेको कारण बालबालीका तथा अविभावक लाई पिडा दिएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सपकोटाको भनाइ छ । यता परिक्षा नियन्त्रण कार्यालयले भने साना प्रविधिक समस्याका कारण परिक्षाफमा त्रुटि देखीएको र अब सच्चाईने जनाएको छ ।

परिक्षा नियन्त्रण कार्यालयले सामान्य प्राविधिक त्रुटी भने पनि जिम्मेवार निकायको यस हदसम्मका लापर्बाही सामान्य होइन । परिक्षाफल प्रकाशित गर्नु अघिनै यस्ता समस्याको विषयमा सचेत नहुने हो भने बारबार यस्ता समस्या आइनैरहन्छ । यसतर्फ जिम्मेवार निकायले बेलैमा ध्यान दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);