राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक

Rastriya-Pariksha-board

काठमाडौं । राष्ट्रिय परीक्षाबोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ ।

विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६ सय एनसेलबाट १६ सयमा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले एसईईको नतिजा विभिन्नफर्म र संस्थानबाट समेत सार्वजनिक गरेको छ । बोर्डले आफ्नो अफिसियल बेवसाइट र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);