साउन पहिलो साता एसईईको नतिजा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साउन पहिलो साता एसईईको नतिजा आउने

काठमाडौं । चुनावको कारण देखाउँदै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो सातामात्र सार्वजनिक गर्ने भएको छ । असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले काम नसकिएकाले ७/८ दिनपछि नतिजा सार्वजनिक गर्ने भएको हो ।

उत्तरपुस्तिका परीक्षणको काम सकिएको र अहिले कम्प्युटरमा इन्ट्री र त्रुटि सच्याउने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जानाकारी दिएको हो । असार मसान्तमा सार्वजनिक गर्ने भनिए पनि स्थानीय चुनावका कारण ढिला भएको बोर्डले जनाएको छ । गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);