आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ?

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांस स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो देशभर देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १को एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू( भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध० को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply