आज देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आज देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांस स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ।

अहिलेदेशका अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही  प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी बुधबार राति  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहीप्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोलेपहाडी  भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);