मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांस स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ।

अहिले देशका अधिकांस भूभागमा सामान्य बदली रही  प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षा भैरहेको छ।

साेमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती र  गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी सोमबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);