आज देशभर सामान्य देखि पूर्ण बदली, मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आज देशभर सामान्य देखि पूर्ण बदली, मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

देशमा मनसुनी  वायुको  प्रभाव रहेको छ । 

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १,बागमती प्रदेशका र गण्डकी प्रदेशका केहि  स्थानहरुमा र  बाँकि प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग सहित  हल्का देखि मध्यम  वर्षा भैरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२  स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदलीरही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १,बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);