देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली  रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशमा मनसुनी  वायुको  प्रभाव रहेको छ । 

हाल देशभर सामान्य बदली रही  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम  वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ ।

त्यसैगरी आज राति  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले साथै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेकोले  पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार