हाल देशभरी मनसुनी वायुको प्रभाव, मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हाल देशभरी मनसुनी वायुको प्रभाव, मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि  पूर्ण बदली रहने छ ।

हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको छ । 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाकाे अनुरोध छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);