देशभर सामान्य देखि पूर्ण बदली रहने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशभर सामान्य देखि पूर्ण बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि  पूर्ण बदली रहने छ ।

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू-भाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको अवस्था छ । 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाकाे अनुरोध छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);