मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

barsha

काठमाडौं । पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र देशभर फैलिने क्रममा रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैबीच यो वर्ष बाढी–पहिरोसहित मनसुनजन्य विपदबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा औसत भन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको छ । यो वर्ष बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरि स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालेको प्राधिकरणले जनाएको छ ।

गएको वर्ष मनसुनजन्य विपदबाट करिब ४ सयको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएको तथ्यांक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);