देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी/पूर्वी वायुको मिश्रित प्रभाव रहेको छ ।

अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

आज राति  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);