देशभर सामान्य देखि पूर्ण बदली, केहि स्थानहरु मेघगर्जन र चट्याङ् सहित भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशभर सामान्य देखि पूर्ण बदली, केहि स्थानहरु मेघगर्जन र चट्याङ् सहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले  देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्विनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा र प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाकाे अनुरोध छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);