पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौं । नेपााली कांग्रेस सुर्खेतका नेता एवं पूर्व सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमण पछि उपचाररत विष्टको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति समेत रहेका विष्टलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भई प्रदेश अस्पतालमा भर्ना गरिएको थियो।

प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

यसैबीच नेता विष्टको निधनप्रति कांगे्रस सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);