कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुँवरको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुँवरको निधन

कास्की । नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य राजमी कुँवरको सोमबार निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि पछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएका ६५ वर्षीय कुँवरको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवर स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदका उम्मेद्वार समेत थिए ।

कँवरको पोखरा महानगरपालिकास्थित वैदाममा आफ्नै निवासमा आज शवयात्रासहित अन्त्येष्टि गरिने नेपाली कांग्रेस जिल्ला कार्य समिति कास्कीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);