बम विष्फोटनमा निधन भएका चौधरीलाई शहिद घोषणा गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ललितपुर, १३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंगलबार दाङमा भएको बम आक्रमणमा घाइते भएर उपचारको क्रममा मृत्युभएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहिद घोषणा गर्न माग गरेका छन् । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले सो माग गरेका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खाँणले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको बेला शान्ति सुरक्षाका लागि खटिनु भएका चौधरीको निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उहाँलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति सरकारसँग माग गर्दछ ।’

साथै, ‘निर्वाचन सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको मनोवल उच्च बनाउनुका साथै आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिवद्ध रहँदै अन्य घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दछ । ‘

नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल सहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला मंगलबार

भएको बम विष्फोटमा परी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरी सख्त घाइते भएका थिए । उनको बुधबार उपचारका क्रममा निधन भएको हो ।

सो घटनाप्रति केन्द्रीय निर्वाचन परिचालन समिति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अत्तालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोहर्याई रहनु अत्यन्त दुःखद विषय भएको बताइएको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक र पार्टीप्रति आगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित नहुने बताएको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिले नेपाली कांग्रेसका नेता, कार्यकर्ता एवं निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);