कोरोना रोकथाममा सरकार पूर्णरुपमा असफल भएको प्रतिपक्षी कांग्रेसको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना रोकथाममा सरकार पूर्णरुपमा असफल भएको प्रतिपक्षी कांग्रेसको आरोप

काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था समेत गर्न नसकेको आरोप लगाउनु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई राख्ने समुचित आइसोलेसनको व्यवस्था सरकारले गर्न नसकेको कांग्रेसको आरोप छ । विशेष गरी काठमाडौं उपत्यकामा आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था नभएकाहरुको बिचल्ली भएको विज्ञप्तीमा भनिएको छ।

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक समेत रहेका महतले सरकारले आइसोलसनको तत्काल व्यवस्था मिलाउनु पर्ने र लक्षण देखिएका संक्रमितहरुलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउन माग गर्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);