स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न कांग्रेसको माग

nepali congress

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस कोरोना अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

समितिका संयोजक डाक्टर प्रकाशशरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानविन गरी कारबाही गर्न सरकारसंग माग गरिएको बताउनुभयो । उहाँले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप नचल्दा संक्रमण फैलने दर बढेको भन्दै मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको उल्लेख गर्नुभयो ।

देशभित्र पीपीई लगायतका स्वास्थ्य सुरक्षा समाग्री उत्पादन गर्न प्रोत्साहन गर्न र सम्भावित संक्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको सुनिश्चितता गर्न समेत कांग्रेसले माग गरेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई सामान्य अवस्थामा ल्याउन सरकारले कुनै काम गर्न नसकेको कांग्रेसको निष्कर्ष छ । शिक्षा क्षेत्रमा देखिएको शैक्षिक अन्यौल समाप्त पार्न संक्रमणको यथार्थ मूल्याङ्कनको आधारमा समुचित सुरक्षा व्यवस्था सुनिश्चित गरी एक भन्दा बढी सिफ्टमा माध्यमिक विद्यालय, कलेज, विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्था गर्न पनि कांग्रेसले सरकारसंग आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);