स्वास्थ्य सामग्री खरीदमा अनियमितता गर्नेलाई पदमुक्त गर्न देउवाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

स्वास्थ्य सामग्री खरीदमा अनियमितता गर्नेलाई पदमुक्त गर्न देउवाको आग्रह

deuba11

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

देउवाले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि मेडिकल सामाग्री खरिदमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीमुक्त गरी अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

देउवाले बिज्ञप्तिमा अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टीले माफीयोग्य नरहेको उल्लेख गर्नुभएको छ । उहाँले अनियमिततामा संलग्न भएको आरोप लागेकाहरुको अनुसन्धान र कारबाहीमा भएको ढिलाइमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

मेडिकल सामग्री खरिद प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको समेत देउवाद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने देउवाको भनाइ छ।

लकडाउनका कारण भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले विशेष चनाखो भइ कार्य गर्न आवश्यक रहेको देउवाले विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ। देउवाले कोरोनाको संकटसंग जुध्न कांग्रेस सरकारको साथमा रहेको समेत उल्लेख गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);