स्वास्थ्यकर्मी र चिकित्सकलाई निरुत्साहित पार्ने घटना भएको प्रति देउवाद्वारा दु:ख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

स्वास्थ्यकर्मी र चिकित्सकलाई निरुत्साहित पार्ने घटना भएको प्रति देउवाद्वारा दु:ख व्यक्त

deuba

काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मापदण्डयुक्त क्वारेन्टिन व्यवस्थापनमा अविलम्व ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सभापति देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै क्वारेन्टीन व्यवस्थित र मापदण्ड अनुसार नहुँदा समुदायस्तरमा कोरोना विस्तार भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

सभापति देउवाले समयको सदुपयोग गरेर सबल ढंगले कोरोनाविरुद्ध योजना बनाएर अगाडि बढ्न पनि सरकारसंग अपिल गर्नु भएको छ । उहाँले कोरोना अस्पतालहरु निश्चित र व्यवस्थित गर्न,पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न पनि सरकारसंग माग गर्नु भएको छ ।

यसैगरी सभापति देउवाले परिवार र आफ्नो पर्वाह नगरी कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई निरुत्साहित पार्ने घटना भएको प्रति दुख व्यक्त गर्नु भएको छ । बिज्ञप्तिमा देउवाले विदेशमा समस्यामा परेर स्वदेश फर्कन चाहने नेपालीलाई उद्दार गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

विदेशमा दुःखमा परेका नेपालीलाई उद्दार गर्न ढिलाई हुँदा उनीहरूको पीडामाथि झन् पीडा थपिएको बिज्ञप्तिमा उल्लेख छ । देउवाले सबै राजनीतिक दल,तीनवटै तहका सरकार र नागरिकलाई कोरोनाविरुद्ध एकताबद्ध भएर लड्न पनि आग्रह गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);