पूजा गर्दै भित्र्याएको नागले अजिंगरको रुप धारण गरिसकेको छ।सावधान हुने पालो नेपालीको | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूजा गर्दै भित्र्याएको नागले अजिंगरको रुप धारण गरिसकेको छ।सावधान हुने पालो नेपालीको

भारतीय मन भएका नेपालीहरु यतिबेला सरकारलाई असफल बनाउन सक्रिय रहेका छन् । उनीहरुको सक्रियता हेर्दा सरकारलाई मात्र होइन, सिंगो राज्यका संरचनालाई नै अस्तव्यस्त र असफल बनाउन क्रियाशील देखिन्छन । नेपालका नेताहरुलाई दवावमा पारेर नागरिकता ऐन जारी गरिएपछि नागरिकता लिएकाहरुको दबदबा तराई हुँदै अहिले केन्द्रसम्म देख्न सकिन्छ । मन्त्रिपरिषद बैठकको सूचना चुहाउने र राज्यका संयन्त्रलाई विफल बनाउन लाग्नेहरुको छानबिन गर्न सरकारलाई केले छेकेको छ ?गम्भीर प्रश्न उठेको छ ।

कालापानी र सीमा क्षेत्रका केही भारतीय हेपाह प्रवृत्तिलाई मात्र औंलाएर बाँकी प्रसंग उजागर हुन सकेन भने, त्यसले भारतलाई नै फाइदा पुर्याउँछ । २०४६ सालमा नागको रुपमा भित्र्याइएको भारतीय सर्प यति शक्तिशाली भइसकेको छ कि, थुप्रै आरोह अवरोहबीच नाग सर्प बन्दै अजिंगरको रुप धारण गरिसकेको छ । राज्य संरचना भित्र मनग्य गाँज्न सफल भारतरुपी अजिंगरको विषयले नेपाल घाइते अवस्थामा पुगिसकेको छ । केन्द्रीय सत्तामा त यसको असर थियो नै अब यसले गाउँगाउँसम्म आफ्नो संयन्त्र फैलाइ सकेको छ ।

नागरिकता ऐन २०६३ आए लगत्तै थुप्रै भारतीयहरुले नेपाली नागरिकता प्राप्त गरे । मुख्य रुपमा तराई क्षेत्र भारतमय भयो । यसको परिणाम आज तराईमा नेता, ठेकेदार तथा पत्रकारको रुपमा यी प्राविधिक रुपमा नागरिकता प्राप्त गर्न सफल भारतीयहरु नै, क्रियाशील छन् । यिनीहरुको मुख्य उद्देश्य भनेको राज्य संरचनालाई असफल, अव्यवस्थित र अस्तव्यस्त बनाउनु हो । आन्तरिक श्रोत र साधनको दोहन गर्नु हो । वास्तविक नेपालीहरुलाई शोषण दमन गर्दै उनीहरुलाई बोल्नै नसक्ने निरीह बनाउँदै भारतको हित अनुकुल भारतीय इसाराकै भरमा भारतकै लागि काम गर्नु हो ।

तराई मधेसको बाह्य राजनीतिक आवरण करीब करीब भारतको डिजाइन अनुसारको छ

यो अभियानमा केही नेपालीहरुलाई पनि गम्भीर रुपमा फसाउन नागरिकताधारी नक्कली नेपालीहरु सफल देखिन्छन । यति छोटो अवधिमै तराई क्षेत्रमा उल्लेख्य प्रभाव छाड्न सफल नक्कली नागरिकहरुको बिगबिगी अब कहाँ गएर टुंगिने हो, चिन्ताको विषय बनेको छ । भारतीयहरु तराई मधेसको चिन्ता यसकारण गर्छन कि उनीहरुले नेपालका नेताहरुलाई दवावमा पारेर जारी गर्न लगाएको नागरिकता विधेयक मार्फत थुप्रै उसका देशका नागरिकलाई नागरिकता दिलाई बसोबास गराउन सफल भएको छ । तराई मधेसको बाह्य राजनीतिक आवरण करीब करीब भारतको डिजाइन अनुसारको छ । त्यो डिजाइन भित्र नपर्ने नेपालीहरु अहिले पनि आदिम युगिन निरीह मनुवाको रुपमा छन् । उनीहरुलाई प्रजातन्त्र आएको छैन । उनीहरुको गाउँमा विकास भएको छैन ।

अहिले पनि उनीहरुको जाने ठाउँ त्यही पुराना मसिहाहरु नै छन् । नेपालका नक्कली नेपालीहरु अहिले पनि भारतको मतदाताको रुपमा यथावत छन् । दुबैतर्फको परिचयपत्रको आधारमा यी नागरिकहरु दुबैतर्फ क्रियाशील छन् । यस्तो अवस्थामा राज्य व्यवस्थाको हालत के होला ? सजिलै अनुमान गर्न सकिन्छ । यो रोग स्थानीय स्तरमा मात्रै हैन, यसले केन्द्रलाई समेत नराम्रोसँग जकडाइसकेको छ । दोहोरो नागरिकतावालाको उपस्थिति केन्द्रमा समेत व्यापक बन्दै गएको प्रमाणहरु भेटिएका छन् । तर कारबाही छैन । प्रधानमन्त्रीले क्याविनेटमा बोलेको भन्दै हुबहु शैलीमा सूचना बाहिरिन्छ । सरकार मौन रहन्छ । छानबिन हुन सक्यो भने सूचना सम्प्रेषकले देखाउने श्रोत यदि क्याविनेटको सदस्य पो हुने हो कि ।

सबै पार्टीहरु भित्र अन्तरकलह, आन्तरिक विवाद किन यसरी बढेको छ ? किन नेताहरु जनताबाट टाढिंदैछन् ?

यति गम्भीर विषयको समेत छानबि नहुनुले कमजोर राज्य व्यवस्थाको परिचय दिइरहेको छ । स्थानीय निकायदेखि केन्द्रीय सत्तासम्मलाई कामै गर्न नसक्ने वातावरणमा जकड्याउँदै वर्तमान नेता र नेतृत्व गणप्रति जनमानसमा तिव्र असन्तोषको वातावरण बनाउँदै राज्य व्यवस्थालाई कमजोर बनाउने भारतीय नीति अनुसार तिव्र गतिमा काम हुँदा पनि न नेपालमा नेताहरु सोच्छन, न सत्तामा बस्नेहरुलाई सोच्ने फुर्सद छ । सबै पार्टीहरु भित्र अन्तरकलह, आन्तरिक विवाद किन यसरी बढेको छ ? किन नेताहरु जनताबाट टाढिंदैछन् ? नारायणमान बिजुक्छे, चित्रबहादुर केसीदेखि धनराज गुरुङसम्मका नेताहरु किन पाखा लाग्दैछन् ? अब नेपालीहरुले नै खोजी गर्नुपर्ने बेला आएको छ ।

देश सम्पूर्ण रुपमा खोक्रो हुँदैछ । विदेशी प्रभाव कणकणमा व्याप्त हुँदैछ । क्याविनेटको निर्णय समेत सुरक्षित गर्न नसक्ने अवस्थामा सरकार छ । यो सबै परिस्थितिलाई नसुधार्ने हो भने अब नेपालले आशातित प्रगति होइन, निराशाजनक अवस्थाको सामाना गर्नुपर्ने निश्चित छ । वास्तविक नेपालबासीहरु उठ्नुपर्ने बेला आएको छ । यदि देशलाई माया गर्ने हो भने भारतीय चालबाजीलाई मुख भरिको जवाफ कर्मले दिनुपर्ने बेला आएको छ ।

अन्यथा आगामी केही वर्षमा नै भारतीयहरुले रुचाएका पात्र र प्रवृत्ति मात्र नेपालको शासन सत्तामा हाबी हुने निश्चित छ । यो परिस्थितिसँगै कुनै नयाँ लेण्डुपको पुनर्जन्म भयो भने त्यसलाई अन्यथा मान्नुपर्ने छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);