इलाममा पाँचवटा सिमा स्तम्भ एसएसबीले गायब गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

इलाममा पाँचवटा सिमा स्तम्भ एसएसबीले गायब गर्‍यो

sima stambha

टीका खतिवडा

इलाम, १५ चैत । भारतसँग जोडिएको सिमानामा नेपाली भूमि मिचिने क्रम अझै रोकिएको छैन । सीमाना अतिक्रमणकै क्रममा भारतीय सुरक्षा फौज एसएसबीको ज्यादती सीमा क्षेत्रका नेपालीहरुले भोग्दै आएका छन् । यो समस्या इलाम सीमा क्षेत्रमा पनि छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छन् । भारतीय भूभागमा मात्र होइन उनीहरु नेपाली भुभागमा पनि त्यतिकै भेटिन्छन् । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ ।

इलामको पशुपतिनगर फाटक नजिकै रहेको पुलखोला भन्ने स्थानमा एसएसबीले दशगजाभित्रै तारबार लगाएर घेर्ने प्रयत्न गरेको थियो । नेपालतर्फबाट स्थानीय बासिन्दा र सीमा प्रशासनको प्रयासमा तारबार लगाउन दिइएको थिएन । एसएसबीले दशगजाभित्रै पाल टाँगेरै र हतियार पनि सोझ्याएर बस्ने गरेका छन् । स्थानीय बासिन्दाको सहयोगमा तारबार लगाउन नदिइएको भए पनि भारतीय पक्षबाट अझै संरचना बनाउने काम भइरहेको छ ।

इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १०४ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १८ वटा र सहायक स्तम्भ ८६ वटा भनिए पनि पाँचवटा स्तम्भ गायब भएका छन् । ती स्तम्भहरू भारतीय पक्षबाट गायब गरिएको स्थानीयको भनाई छ । मानेभञ्ज्याङमा नेपाल र भारततर्फ दशगजा क्षेत्रमा घर बनाइएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेका छन् ।

पशुपतिनगरको फाटकमा भारतीयतर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । गुम्बा बनाउन थालेपछि त्यसलाई रोक्न नेपालतर्फबाट पटकपटक पहल गरिएको भनिएपनि भारतले संरचना बनाएरै छाड्यो । त्यहाँ केन्द्रबाटै नापी टोली गएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखिएको देखिन्छ । छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्फ नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन ।

त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा धनी पुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ । सीमा प्रशासनबाट राजदुताबास हुँदै भारत सरकारलाई दशगजा क्षेत्र पर्ने भएकाले संरचना नबनाइदिन र संयुक्त नापीबाट सीमा निर्धारण भएपछि मात्र थप काम गर्न आग्रह गरिको थियो।

तर भारततर्फबाट छिटो संरचना बनाउन प्रक्रिया मिलाइदिनु पर्ने आग्रह भइरहेको छ । केन्द्रमा बसेर देशको स्वतन्त्रता र समृद्धिको भाषण गर्ने राजनीतिज्ञहरुको ध्यान सीमा मिचिएको तिर कहिले जाला ?

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);