प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का विद्यार्थीद्वारा ठाउँ-ठाउँमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का विद्यार्थीद्वारा ठाउँ-ठाउँमा प्रदर्शन

birjung prashnapatra out

वीरगन्ज, १५ चैत । शुक्रवार प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ-ठाउँमा प्रदर्शन गरेका छन । शुक्रबार हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो ।

बिहिबार पनि बिज्ञान बिषयको प्रश्नपत्र परिक्षा अघि नै बाहिरिएपछि परिक्षा रद्ध गरिएको थियो । शुक्रवार सामाजिक बिषयको परिक्षा रद्ध भएपछि बिद्यार्थीहरु आक्रोसित भएका थिए । परिक्षा नियन्त्रण कार्यालयले सामाजिक बिषयको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेपछि परिक्षा रद्ध भएको थियो । परिक्षा रद्ध गरेको बिरोधमा बिद्यार्थीहरुले धनुषा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा टायर बालेर प्रदर्शन गरेका थिए।

प्रश्न पत्र बाहिरिएको प्रति शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले छानबिन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा बसेको केन्द्रिय सुरक्षा समितिको आकस्मिक बैठकले छानबिन गर्ने निर्णय गरेको हो। परिक्षा ब्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रिय सुरक्षा समिति रहने व्यवस्था रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);