प्रदेश २ को स्थगित एसईई परिक्षा पुनः सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश २ को स्थगित एसईई परिक्षा पुनः सुरु

see exam

धनुषा, २२ चैत । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा भएको छ ।

प्रदेश–२ का ८ वटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । प्रदेश–२ मा जम्मा २ सय ६३ परीक्षा केन्द्र छन् भने ७० हजार ५सय ६८ परीक्षार्थी परीक्षामा सहभागी भएका छन ।

चैत २९ गतेसम्म चल्ने परीक्षालाई मर्यादित बनाउन र अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ ।

यसअघि, विज्ञान र समाजिक विषयको परीक्षापूर्व नै पश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले दुवै विषयको परीक्षा रद्द गर्नुका साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);