एसईई परीक्षा स्थगित: विद्यार्थीसंग भएको झडपमा डीएसपी सहित प्रहरी घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एसईई परीक्षा स्थगित: विद्यार्थीसंग भएको झडपमा डीएसपी सहित प्रहरी घाईते

birjung prashnapatra out

बटुकनाथ झा र श्याम गुप्ता

बारा, १६ चैत । प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीहरु आन्दोलित भई तोडफोडमा समेत उत्रिएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा त प्रदर्शनकारीले प्रहरीको गाडीमै आगजनी समेत गरे ।

प्रदेश–२ मा एसईई परीक्षाको लगातार दुई दिन परिक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा बाँकी सबै परीक्षा स्थगित गरिदिएको छ । बिहीबार भएको विज्ञान विषय र शुक्रबारको सामाजिक विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएका दुई विषयको परीक्षा रद्द र बाँकी परीक्षा स्थगित गर्ने निर्णयको विरोधमा प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा विद्यार्थी तथा स्थानीय आन्दोलित भएका हुन् । आन्दोलनका क्रममा बारा, पर्सा, सप्तरी लगायतका ठाउँमा आन्दोलनकारी तोडफोड मै उत्रिए । बाराको जीतपुर, कलैया र सिमरामा विद्यार्थीले ईलाका प्रहरी कार्यालय जीतपुरलाई घेरा हाली ढुंगामुढा गरेका थिए । आक्रोशित प्रदर्शनकारीले सशस्त्र प्रहरीको ना.१.झ.७१२ नम्बरको भ्यान र ईलाका प्रहरी कार्यालय जीतपुरको एउटा मोटरसाईकलमा आगजनी गरे । प्रदर्शनको अवज्ञा गरेको भन्दै एउटा ट्रक, दुई वटा कारमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

प्रदर्शनकारी विद्यार्थीहरु अनियन्त्रित भई पसलहरु बन्द गराउँदै तोडफोड र आगजनीमा समेत उत्रिएका थिए । प्रदर्शनकारी उग्र भई स्थिति तनावग्रस्त भएपछि भीडलाई नियन्त्रण गर्न बारामा प्रहरीले दर्जनौं सेल अश्रुग्याँसका साथै हवाई फायर समेत गरेको थियो ।

त्यसैगरी परीक्षा स्थगनको विरोधमा जनकपुरधामको विभिन्न चोकहरुमा विधार्थीहरुले टायर बालेर सडक अवरुद्ध गरेका थिए । विरोध प्रदर्शनका करण विभिन्न ठाउँबाट यात्रा गरिरहेका यात्रुहरु बाटोमा नै अलपत्र परेका थिए । आन्दोलित विधार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकको विरुद्धमा नाराबाजी समेत गरेका थिए । तनावपूर्ण स्थितिलाई नियन्त्रणमा राख्न मुख्य सडक तथा चोकहरुमा बाक्लै रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);