बीरगञ्ज –पथलैया सडकको निर्माण कार्यमा ढिलाई, पुषमा सकिनु पर्ने काम आधा मात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बीरगञ्ज –पथलैया सडकको निर्माण कार्यमा ढिलाई, पुषमा सकिनु पर्ने काम आधा मात्रा

bara-sadak

श्याम गुप्ता

बारा, १६ चैत ।  वीरगंज–पथलैया ६ लेन सडक निमार्णको गति सुस्त बनेकोे छ । दुई वर्ष भित्र सम्पन्न गर्ने गरी २०७३ सालमा शुरु गरिएको सडकको निर्माण कार्य आधा पनि सकिएको छैन ।

राष्ट्रिय आयोजनामा रहेको व्यापारिक क्षेत्र वीरगन्ज–पथलैया ६ लेन सडक निर्माणको म्याद सकिए पनि जम्मा ४५ प्रतिशत काम मात्र पुरा भएको छ । सडक मार्ग विस्तारका लागि सडक विभागले गत २०७३ साल असार २९ गते अर्थात् ३० महिनाको समय अवधी तोकेको थियो । तर निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको गति सुस्त भएको छ ।

सडक निर्माण कामको सम्झौता भएको ३० महिनाको म्याद गत पुस महिनामा सकिएपछि पुन ६ महिनाको म्याद थपिएको छ । सडक विभागले वीरगंजदेखि पथलैयासम्म बाटो निमार्णका लागि ६ भागमा विभाजन गरेर छुट्टा–छुट्टै ६ वटा कम्पनीलाई जिम्मा दिएको छ । जिम्मा दिएका कम्पनीहरु मध्ये कसैले सन्तोषजनक काम गरेको र कसैले नगरेको देखिएको छ । म्याद थपिएपछि भने निर्माण कम्पनीहरुले गति बढाउन थालेकोले पछिल्लो समय भने निर्माणको काम सन्तोषजनक भएको आयोजनाका प्रमुख सञ्जय कुमार मिश्रले जानकारी दिए ।

पाँच अर्व ५० करोडको लागतमा पथलैयादेखि बीरंगन्जसम्म २७ किलोमिटरको सडक निर्माण थालिएको हो । सडक विभागले प्रति कम्पनीलाई झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ साल पुष २८ गते सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो । प्याकेज चार र छ को जिम्मा पाएको निर्माण कम्पनीले योजनाले सडक विस्तारमा पर्ने मन्दिर, पाइपलाईन लगायत अन्य समस्याहरुको समाधान नगरी दिएकोले निर्माणमा अप्ठेरो भएको बताएका छन् ।

मुलुकको कुल आयातको आधा भन्दा बढी माल वस्तु आयात हुने वीरगंज नाकाको प्रमुख सडकलाई विस्तार नगरिँदा मालबाहक सवारी साधन गुडाउन समस्या भएको छ । दुर्घटनाको जोखिम पनि उत्तिकै रहँदै आएको छ । वीरगंजका उद्योगी व्यवसायी र स्थानीयले लामो समयदेखि यो सडक खण्डको छिटो विस्तार गर्न माग गर्दै आएका छन्  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);