बिरगंज–पथलैया सडक समयमा निर्माण नभए चरणबद्ध आन्दोलन गर्ने संघको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिरगंज–पथलैया सडक समयमा निर्माण नभए चरणबद्ध आन्दोलन गर्ने संघको चेतावनी

बारा, १३ चैत । बिरगंज–पथलैया ६ लेन व्यापारीक मार्गको निर्माणमा ढिलाई भएपछि व्यवसायीले व्यापार धरापमा परेको गुनासो गरेका छन् । व्यवसायीहरुले सडक निर्माणका क्रममा उड्ने धुलोले व्यवसायमा असर परेको व्यवसायीहरुको गुनासो छ ।

उनिहरुले लिखित निवेदनका साथ समस्या समाधान नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । आगामी बैशाख ८ सम्म समस्या न्युन गर्न योजना कार्यालय पथलैया र ठेकेदारले लिखित प्रतिबद्धता गरेको बताइएको छ । समयमा काम पुरा नभए चरणबद्ध आन्दोलन गर्ने संघको तयारी छ ।

८ भागमा बिभाजन गरेर छुट्टा–छुट्टै ६ वटा निर्माण व्यवसायीलाई काम गर्ने जिम्मा दिएको यस आयोजनामा सिमरादेखि जीतपुरको आर्मी क्याम्पसम्मको निर्माणको जिम्मा पाएको ५ नम्बर ठेकेदार शर्मा युनाईटेड एण्ड विल्डर्स जेभिले भने अनुसार काम गर्न नसकेको आयोजना कार्यालय पथलैयाले जनाएको छ ।

ठेक्काको म्याद गत माघ मसान्तसम्म भएपनि कोेरोना का कारण ६ महिना समय थप गर्न सकिने सम्भावना छ । तर कम्पनीको काम संतोषजनक छैन । ५ अर्ब ५० करोडको लागतमा निर्माण हुन् लागेको सडकखण्ड बनाउन आयोजनाको कार्यालयले ८ वटा ब्लक मार्फत काम अगाडी बढाईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);