मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

झापा, १२ चैत । मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज दिउँसो सवाँ १२ बजे मोरङको कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको मृत्यु भएको छ ।

उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र सोको चालक नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ । यसैगरी दोलाखा तामाकोशी–३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ ।

आज दिउँसो पाँचथरको कुम्मायक–४ वानथाक स्थित मध्यपहाडी राजमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५०० मिटर खसेको थियो । सो क्रममा चालक महतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);