सवारी दुर्घटनामा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा । सबारी दुर्घटनामा परी मोरङमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनबर्षी–८ का ३० बर्षीय बिरेन्द्र प्रसाद मण्डल र सुन्दरहरैचा–७ की ६५ बर्षीया मैया श्रेष्ठ छन् । मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो ।

आज बिहान सवाँ ४ बजे सुनबर्षी–८ मा द्यच्घडच् डठढण् नम्बरको भारतीय मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार रहेका मण्डलको मृत्यु भएको हो । मोटरसाईकल चालक सोही स्थानका २९ बर्षीय चन्दन केवट प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मैया श्रेष्ठको भने टिफरको ठक्करबाट मृत्यु भएको हो । आज बिहान सवाँ ५ बजे सुन्दरहरैचा–७ राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठ गम्भिर घाइते भएकी थिईन ।

घाईते भएकी श्रेष्ठको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा–५ का कुमार भण्डारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);