सवारी दुर्घटनामा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

झापा, २९ मंसिर । पाँचथर, मोरङ र उदयपुरमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका–१ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्काका २६ बर्षीय सन्तोष लम्जेललाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएकोमा उपचारको क्रममा बिहान सवाँ १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका–४ ईकराहीमा खेत जोतिरहेको ON Test ट्याक्टर अचानक पल्टदा घाईते भएका चालक बर्जु गाउँपालिका–६ चिमडीका ५५ बर्षीय आशाराम चौधरीको मृत्यु भएको छ । उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी आईतवार दिउँसो साँढे २ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा पुर्बबाट पश्चिमतर्फ जादै गरेको प्रदेश १–०५–००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्बतर्फ आउदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा ९१०१ नम्बरको मोटरसाईकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भई उदयपुरको गाईघाटमा बस्ने २० बर्षीय भविन्द्र परियार घाईते भएका थिए ।

घाईते भएका उनलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको र उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);