मोरङबाट लागुऔषध सहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोरङबाट लागुऔषध सहित तीन जना पक्राउ

उत्तम रिजाल
झापा ।
प्रतिबन्धित लागुऔषध सहित मोरङको कानेपोखरी–७ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली–६ का १९ वर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा–७ का १९ बर्षीय सुबाष तामाङ र उर्लाबारी–६ का २८ बर्षीय अनमोल घिमिरे छन् ।

उनीहरुलाई मंगलबार दिउँसो साढे ३ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक हुन् ।

कारोबारमा मण्डलको समेत संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुका बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);