लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

pakrau

उत्तम रिजाल,

झापा, १५ फागुन । लागुऔषध ब्राउनसुगर सहित झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–८ का ३० बर्षीय लिप्सु राजबंशी रहेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालि–८ बाट ध्द्यठद्धच्ज्ञद्दज्ञछ नम्बरको मोटरसाईकलमा सवार राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम फेला पारेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रहरीले राजबंशीलाई डिजिटल तराजु र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । त्यस्तै प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचिनगर–११ हडिया खोलामा शुक्रबार सााझ ६ बजे चेकजाँचको क्रममा ३४ बर्षीय सन्जु कुमार कामीको साथबाट लागुऔषध ब्राउनसुगर ३५० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको प्रदेश नम्बर एक प्रहरीले जनाएको छ ।

Leave a Reply