प्रचारप्रसारको अभावमा पर्वतको शुक्लेश्वर शिव मन्दिर ओझलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रचारप्रसारको अभावमा पर्वतको शुक्लेश्वर शिव मन्दिर ओझलमा

पर्वत, १५ फागुन । पर्वतको शुक्लेश्वर शिव मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण कलात्मक मन्दिर भएपनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझलमा परेको छ । पोखरा मुस्ताङ राजमार्ग अन्तर्गत पर्वतको जलजला गाउँपालिका–८ खनियाघाटमा वि.स १८८० सालमा स्थानीयद्धारा निर्मित शुक्लेश्वर शिवमन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना हुँदा हुँदै ओझेलमा परेको हो ।

धार्मिक सांस्कृतिक दृष्टिकोणलाई आधार मानेर तत्कालीन समयमा काष्ठकलामा निर्मित शिवमन्दिर धार्मिक पर्यटकलाई मात्र नभइ सबै किसिमका पर्यटकलाई आकर्षित गर्ने गरी निर्माण गरिएको थियो । तर प्रचारप्रसार हुन नसक्दा मन्दिरमा पुजा गर्न र अवलोकनका लागि आउनेहरू कम भएको स्थानीयले बताएका छन् ।

पोखरा हुदै मुस्ताङ जाने मुख्य राजमार्गको केन्द्रमा रहेको शुक्लेश्वर शिव मन्दिरमा आएर पुजाअर्चना गरे मनोकांक्षा पूरा हुने जनबिश्वास रहेको छ ।

मन्दिरमा पुजारीले दैनिक नित्य पुजा गर्ने गरेका छन् भने शिवरात्री तथा श्रावण महिनामा भक्तजनको चहलपहल भएपनि अघिपछि भने मन्दिर सुनसान रहने गरेको छ । मन्दिरबारे जानकारी भएका व्यक्तिहरू नारायणगढ पोखरा लगायत टाढा टाढाबाट पुजा, रूद्री तथा जप गर्न आउने गरे पनि प्रचारप्रसार नुहँदा धार्मिक पर्यटक भने आउने नगरेको मन्दिरका पुजारीको भनाई छ ।

धार्मिक तथा सांस्कृतिक रूपले महत्वपूर्ण मानिएको शुक्लेश्वर मन्दिरको संरक्षण र मन्दिरमा धार्मिक पर्यटन भित्र्याउनका लागि स्थानीय तहबाट सहयोग गर्ने जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए ।

कलात्मक काष्ठकला मन्दिर निर्माणका लागि काठमाडौं देखि कालिगड लगेर काम सम्पन्न भएपछि तत्कालीन समयका शासकले कलात्मक मन्दिरको काष्ठकला कुद्ने कलाकारको हात काटी दिएको इतिहास छ । धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण शुक्लेश्वर महादेव मन्दिरको व्यवस्थापन समिति गठन गरेर यसलाई संस्थाथत रूपमा संचालनगर्न सकेमुक्तिनाथ,गलेश्वर धाम जाने हजारौं धार्मिक पर्यटकलाई भित्र्याउन सकिने विश्वास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);