पर्यटकीय गन्तव्यकाे अनुपम खानी बन्दै सन्तानेश्वर मन्दिर | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

पर्यटकीय गन्तव्यकाे अनुपम खानी बन्दै सन्तानेश्वर मन्दिर

कोहलपुर । बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि करिब ७ हजार मानिसहरु त्यहाँ पुगेका छन् ।

चारैतिर हरियाली, अग्लो डाँडा मनोरम दृश्य रहेको सन्तानेश्वर मन्दिरको पर्यटन प्रवर्द्धनका लागि शनिबार नरैनापुर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि सो क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले करिब ७ हजार दर्शानार्थी सहित गाउँपलिकाको टिम मन्दीर परिसरमा पुगेको थियो ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी तथा भक्तजनहरु सन्तानेश्वर महादेवको दर्शन गर्न पुगेका हुन् । गाउँपालिका भित्र रहेको मन्दीरको प्रचारप्रसारका सो कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शाहले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आफू त्यस क्षेत्रको सम्बर्धन र प्रबर्धनका लागि लागिपरेको बताए । निकै राम्रो पर्यटकीय सम्भावना बोकेको मन्दिरमा सम्म पुग्न जाने बाटो बनाउन लागेको बताउदै गाउँपलिकाले होमस्टेको अबधारणा पनि अघि सारेको शाहले बताए ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेपछि ठूलो टोली बाजागाजासहित त्यसतर्फ प्रस्थान गरेको हो । नरैनापुरले आफ्नो प्रमुख पर्यटकीय गन्तब्यको सूचीमा राखेर यस क्षेत्रको प्रचारप्रसारका लागि थालेको छ ।

गाउँपालिकाका अध्यक्ष शाहले त्यहाँ पुगेर मन्दिरमा पूजा समेत गरेका थिए ।

सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए । उनले भने, ‘हामीले अभियानकै रुपमा भिजिट नरैनापुर २०२१ सञ्चालन गर्दैैछौं । नरैनापुरको प्रवेशद्वार वडा नम्बर ६ कोहलामा आन्तरिक पर्यटकहरुको स्वागत गरेर त्यहाँबाट रमणीय स्थल सन्तानेश्वर महादेव मन्दिर पुगेका छौं, नरैनापुरलाई चिनाउने यस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकहरुको सहज आवागमनका लागि गाउँपालिकाले काम गर्नेछ। ‘

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्न पुगेका मानिसहरु निकै उत्साहित देखिएका थिए ।

यो मन्दिर नेपालगञ्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीयहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);