महाशिवरात्री पवर्मा कैलालीका शिव मन्दिरमा दर्शनार्थीको घुँइचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महाशिवरात्री पवर्मा कैलालीका शिव मन्दिरमा दर्शनार्थीको घुँइचो

नवराज खनाल, लम्की १३ फागुन, कैलाली ।
आज महाशिवरात्री पर्व हिन्दू धर्मालम्बीहरुले हर्ष उल्लासकासाथ कैलाली लगायत देशैभर यो पर्व मनाउदैछन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा आज देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईदै छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा

महाशिवरात्री पवर्मा कैलालीका शिव मन्दिरमा दर्शनार्थीको घुँइचो

नवराज खनाल, लम्की १३ फागुन, कैलाली ।

आज महाशिवरात्री पर्व हिन्दू धर्मालम्बीहरुले हर्ष उल्लासकासाथ कैलाली लगायत देशैभर यो पर्व मनाउदैछन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा आज देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईदै छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा रहेको हो ।

 

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शीर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । 

शिवालयहरुमा भक्तजनहरु पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्दैछन् । यसैबीच शिवरात्रि पर्वको अवसरमा आज विहानै देखी कैलाली लगायत देशैभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । लम्कीमा रहेको चन्द्र मौलेश्वर मन्दिर, कैेलाशधाम तीर्थस्थल बल्चौर, र त्रीनेत्रेश्वर मन्दिर मोतिपुर, ब्यवस्थीतनगरमा रहेको शिव मन्दिर, पालबजार, जगतपुर, टीकापुर, जोशिपुर, घोडाघोडी मन्दिर, लगायतका मन्दिरहरूमा यतिखेर भक्तजनहरूको घुइँचो लागेको छ ।

 

चन्द्र मौलेश्वर मन्दिरमा रुद्धाअभिशेष समेत गरीएको छ । शिवशक्ति श्री विद्यापिठ चन्द्रमोलेश्वरका उपाध्यक्ष बद्रिप्रसाद लम्सालले विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा रहेको बताउनु भयो । नेपालमा एकमात्र पाराको शिवलिङ्ग भएको मन्दिर कैलालीको लम्कीमा रहेको चन्द्रमौलेश्वर मन्दिर मात्र भएको बताउदै उहाले यसको बिशेष महत्व रहेका लम्सालले बताउनु भयो । आज कैलालीका प्रसिद्ध धार्मिक स्थल तथा शिव मन्दिरमा शिवरात्रीको अवसरमा मेला लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल गोदावरी र जाखोरतालमा रहेको शिवमन्दिरमा मेला लागेको हो ।

 

शिवरात्रीको अवसरमा जिल्लामा कुनै अप्रिंय घटना नहोस् भनेर कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा शिवरात्रीको अवसर पारेर मेला आयोजना हुने भएकाले कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ । मेला हुने स्थानमा बाक्लो सख्यामा सुरक्षामर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);