सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु

काठमाडाैं । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यो पर्वमा विशेष गरि विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिलाहरुले पाँच प्रकारका अन्न गहुँ केराउ गहत मास र गुरुस मिसाएर तामाका भाडामा भिजाइन्छ र यि पाँच अन्नको मिश्रणलाइ ‘बिरुडा’ भन्ने गरिन्छ ।

यस्तै महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धुने, सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ मन्दिरमा डालोमा स्थापना गर्ने गरिन्छ । यसरी गौरा भित्र्याएर पुजा अर्चना गरि महिलाहरुले दुबो, धागो चढाउने गर्छन्।

गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो अर्थात, गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा छ । सोहि दिन महिलाहरुले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्दछन् ।

आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसेर मनाइने यस पर्वमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन पनि छ ।

सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ मनाउने गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

तर गत वर्षदेख भने कोरोना महामारीका कारण गौराको खासै रौनक देखिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);