गौरा घरमा विरुडा भिजाउँदै गौरा पर्व सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गौरा घरमा विरुडा भिजाउँदै गौरा पर्व सुरु

वाशु देव बडू,
दार्चुला । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुक्रबार देखि सुरु भएको छ । विवाहित महिलाहरु ले व्रत बसी गौरा घरमा पञ्च विरुडा भिजाएसँगै गौरा पर्व सुरु भएको हो ।

पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र शिवको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा रही आएको छ ।

गौरा पर्वको पहिलो दिन शुक्रवार गौरा घरमा विवाहित महिलाहरुले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । गौरा अन्तरगत आज बिरुडा पञ्चमी पर्व मनाइदैछ । भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट सुरु हुने यो पर्व यो वर्ष भाद्र कृष्ण पक्षमा परेको छ ।

आज गहुँ, केराउ, गहत, मास र गुरुस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा खेतबाट धान, सौँ, तिल र फुलका विरुवाहरुले गौराको प्रतिमा बनाई बाजागाजा सहित गौरा घरमा गौरा भित्र्याउने गरिन्छ ।

अष्टमीका दिन वर्त बसेका महिलाहरु ले गौरा पुजन गरि आ-आफ्नो ठाउँ को चलन अनुसार गौरा को प्रतिमा लाई विभिन्न मन्दिर तथा देवालय मा लगी गौरा विसर्जन गर्ने र दुबधागो लगाउने चलन रहि आएको छ । व्रतालु महिलाहरुले आफन्त तथा ईस्टमित्रहरुको पञ्च विरुडाले टाउको पुजन गर्ने चलन रहि आएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय दार्चुलाले गौरा पर्वको अवसरमा भिडभाड नगरी, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर घर परिवारमा मात्रै गौरा पर्व मनाउन अनुरोध गरेको छ ।

यस न्युज सम्बन्धी फुटेजहरु भदौ ११ को फाईल जिल्ला मा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);