दार्चुलामा गौरा पर्व विधिगत रुपमा विसर्जन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

दार्चुलामा गौरा पर्व विधिगत रुपमा विसर्जन

दार्चुला, भाद्र २२
सुदुर पश्चिमेली हरुको महान पर्व गौरा दार्चुलामा विधिगत रुपमा विसर्जन गरिएको छ । भदौ कृष्ण पञ्चमीका दिनदेखी सुरु भएको गौरा पर्व कृष्ण अष्टमीका दिन विधिवत् रुपमा विसर्जन गरिएको हो ।

भदौ कृष्ण पञ्चमिका दिन अर्थात भाद्र १८ गते भिजाइएका पन्च बिरुडा (केराउ, गहत, मास, गहु, गुराँस) ले गौराको पुजन गरि विवाहित महिलाले बाजा गाजा सहित मठ मन्दिरमा लगेर विसर्जन गर्ने गर्दछन् । गौरा विसर्जन गरे पनि स्थानीय पुरुष तथा महिलाहरुले एक हप्तासम्म देउडा खलेर गौरा पर्व मनाउने गर्दछन ।

राष्ट्रिय पंचाङ्ग निर्णायक समितिले अगस्त उदयका कारण भदौ ४ गते नै बिरूडा पञ्चमी मानेको भए पनि दार्चुलाको महाकाली नगरपालिका, शैल्य शिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाँउपालिकाका ज्योतिषहरुले अगस्त उदय देशान्तर अनुसार फरक हुने र मालामासका कारण भदौ १८ गते नै बिरुडा पञ्चमि मानी गौरा पर्व मनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);