आज गौरा पर्व : उमामहेश्वरको पूजा आराधना गरी मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, १३ भदौ । सुदूरपश्चिम र मध्यपश्चिमवासीले उमामहेश्वरसहित दुवोको पूजा गरेर आज गौरा पर्व मनाउँदैछन्। सुदूरपश्चिम र मध्यपश्चिमवासीले भाद्र शुक्ल अष्टमीका दिनमा मनाने गौरा पर्वलाई ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन्।

 

सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले काठमाडौंमा पनि गौरा पर्व मनाउँने गरेका छन्। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा गौरा पर्व मनाउन शुरु गरिएको संस्कृतिविद्हरुको भनाइ छ।

 

गौरा पर्वमा कुश, काँस, तीतेपाती लगायतका पाँच वनस्पतिबाट बनाइएकी देवीलाई गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा छ । पञ्चमीका दिन भिजाइएको केराउ, जौ, मस्याङ, मास र गुराँसको दानालाई आजको दिन भगवतीलाई पूजा गरेर चढाइ भक्तजनलाई प्रसादका रुपमा बाँड्ने चलन छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन्।

 

आजको दिन सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो समेत गर्ने गरेका छन्। गौरा पर्वको उपलक्ष्यमा सरकारले आज राष्ट्रिय बिदा दिएको छ । पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना समेत व्यक्त गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);