दार्चुलामा विधिवत् रुपमा गौरा भित्र्याइयाे | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

दार्चुलामा विधिवत् रुपमा गौरा भित्र्याइयाे

दार्चुला, ५ भदौ । दार्चुलामा धान, जौँ, तील र फूलपातीका विरुवाहरुबाट गौरी अर्थात् पार्वतीको मुर्ति बनाई विधिवत् रुपमा गौरा घरमा भित्र्याइएको छ ।

विवाहित महिलाहरुले विशेष अभिसेक गरिएको दुबधागो गौरा कै दिन फेर्ने चलन रहीआएको छ । हिन्दु विवाहित महिलाहरुको पर्वका रुपमा रहेको गौरा पर्व शनिबारबाट सुरु भएको हो ।

यस क्षेत्रका महिलाहरुको प्रमुख चाडको रुपमा रहेको गौरा विधिवत रुपमा भाद्र पञ्चमीबाट सुरु हुने भएपनि पञ्चमीको एक दिन अगावै विरुडा जुटाउने र केलाउने काम गरिन्छ ।

पाँच प्रकारका अन्न मास, गहत, गहु, केराउ र गुराउस मिश्रित गरी पञ्च विरुडा बनाइन्छ । भाद्र शुक्ल अष्टमीका दिन विशेष पूजा आराधाना गरी गौरा मठमन्दिरहरुमा विर्सजन गरिने र पञ्च विरुडाले टाउको पुजन गरी आर्शिवाद लिने/दिने रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);