आज गौरा पर्व मनाइदै , राष्ट्रपतिद्वारा शुभकामना सन्देश जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

आज गौरा पर्व मनाइदै , राष्ट्रपतिद्वारा शुभकामना सन्देश जारी

फाइल फोटो

काठमाडौं, १० भदौ । आज धान, सौँ, तील र फूलपातीका विरुवाहरुबाट गौरी अर्थात् पार्वतीको मुर्ति बनाई बाजागाजासहित धानको खेतबाट विधिवत् रुपमा घर भित्र्याई गौरा पर्व मनाइदै छ । विवाहित महिलाहरुले विशेष अभिषेक गरिएको दुबोधागो फेर्ने अथवा नव विवाहित महिलाहरुले दुबोधागो गौराको दिनबाट घाटीमा लगाउने चलन रहिआएको छ ।

हिन्दु विवाहित महिलाहरुको ठूलो पर्वका रुपमा रहेको गौरा नेपालको पश्चिम क्षेत्रमा बस्ने नेपालीहरुले विशेष रुपमा मनाउँने गर्दछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियम पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना संदेश जारी गर्दै सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । गौराले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपतिको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);