काठमाडौंमा पनि हर्षोउल्लासका साथ 'गौरा पर्व' मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंमा पनि हर्षोउल्लासका साथ ‘गौरा पर्व’ मनाइँदै

काठमाडौं, १३ भदौ । सुदूरपश्चिमबासीहरुले आफ्नो सबैभन्दा ठूलो पर्व गौरा पर्व मंगलबार हर्षोउल्लासका साथ मनाईरहेका छन् । यसै अवसरमा काठमाडौ उपत्यकामा बसोबास गर्दै आएका सुदूरपश्चिमबासीहरुले पनि सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।

 

गौरा पर्वको मुख्य आकर्षण देउडा हो । देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृति विरुद्ध व्यङ्ग गर्ने चलन छ । एकताको पर्वका रुपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी भएको कार्यक्रममा सुदूरपश्चिमवासीहरु देउडा गीतको नाचगानमा रमाईरहेका छन् । गौरा पर्वलाई खासगरी डोटी, डडेल्धुरा, दार्चुला र बैतडीवासीहरुले दशैंभन्दा पनि महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्छन् ।

 

कार्यक्रममा राजनीतिक दलका नेताहरुको पनि सहभागिता छ । कार्यक्रममा विभिन्न समूह बनाएर देउडा नाच नाचिरहेका छन् । आफन्तजनको दिर्घायूको कामना गर्दै देउडा पर्व मनाउने गरिएको कार्यक्रममा सहभागी भएकाहरुले बताएका छन् ।

 

उनीहरुले देउडा पर्व हर्षको पर्व भएकाले काठमाडौंमा पनि मनाउन थालिएको बताएका छन् । गौरादेवीको पूजाआजा गर्नाले दुःखबाट मुक्ति पाउने उनीहरुको बुझाई छ ।

 

भाद्र कृष्ण पञ्चमीको दिन सुरु भएको गौरा पर्वमा अष्टमीको दिने विवाहित महिलाहरुले ब्रत बसेर गौरा देवीको पूजाआजा गर्ने चलन छ ।प्राचिन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले आफ्नो धन फिर्ता माग्नेक्रममा भृगीवंशी ब्राम्हणलाई मारिदिएपछि विधवा भएका ब्राम्हणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहर रही गरेको उपासनास्वरुप एक ब्राम्हिणीले तेजिलो पुत्रलाभ गरेको र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुनले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);