कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ६ सय ४८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ६ सय ४८ पुग्यो

corona-test

कञ्चनपुर, १० भदौ । कञ्चनपुर जिल्लामा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ६ सय ४८ जना पुगेको छ । अहिलेसम्म जिल्लामा ६ हजार ८ सय ५३ जनाको स्वाव संकलन गरीएकोमा ६ हजार ३ सय ८३ जनाको नमुना परीक्षण गरिएको छ ।

जसमध्ये ६ सय ४८ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ भने ४ सय ७३ नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्यामा महिलाहरु अगाडि रहेका छन् सक्रिय संक्रमितमा २१ पुरुष र ३१ महिला गरी ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म सबै भन्दा बढी कोरोना संक्रमितको संख्या कृष्णपुर नगरपालिकामा रहेको छ । नगरपालिकामा १ सय ४० पुरुष र ३० महिला गरी १ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, माहाकाली नगरपालिकामा ३८ पुरुष र १५ महिला गरी ५३ जनामा कोरोना पोजिटिभ देखिएको छ । भीमदत्त नगरपालिकामा ६६ पुरुष र २० महिला गरी ८६ जना, पुनर्वास नगरपालिकामा ६८ पुरुष १२ महिला गरी ८० जना, बेदकोट नगरपालिकामा ४८ पुरुष र २५ महिला गरी ७३ जनामा कोरोना देखिएको छ ।

शुक्लाफाँटा नगरपालिकामा ६१ पुरुष र १९ महिला गरी ८० जना, बेल्डाँडी गाँउपालिकामा २८ पुरुष, बेलौरी नगरपालिकामा ४२ पुरुष र १३ महिला गरी ५५ जना, लालझाडी गाँउपालिकामा १८ पुरुष र ३ महिला गरी २१ जना गरी मंगलबारसम्म ६ सय ४८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);