थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८,६०५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८,६०५ पुग्यो

coronavirus test

काठमाडौं, ६ असार । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । जस मध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । कुल संक्रमित व्यक्तिहरु मध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८ जना महिला र १ सय ५८ जना पुरुष सहित कुल १ सय ७६ जना निको भएर घर फर्किएका छन् । यससँगै अहिले सम्म कुल डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ जसमध्ये १ सय ४१ म्हिला र १ हजार ४ सय २७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । अहिले सम्म कुल ७४ जिल्लामा कोभिड १९को संक्रमण फैलिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);